नारी हिँसाको उत्कर्सः

नारी हिँसाको उत्कर्सः
अमित न्यौपाने बर्तमान घटना परिस्थितिलाई हेर्दा नारी प्रतिको पुरुष नजर यति दयनीय रहेको पाएको छौ जहाँ छोरीको अस्मिता लुटेर आफ्नै बुवा आफ्नो पुरुषार्थको प्रहसन गर्छ | नारीलाई देवी-देवता सरि पुजा गरिने यहाँ धेरै पूजाहरु बलात्कृत हुन्छन् | नाबालिका देखि बृद्ध हजुरआमाहरु आफ्नैबाट असुरक्षित भएका छन् | किन हाम्रो समाजमा यस्तो प्रबृत्ति हाबी भैरहेको छ? निरन्तर केहि दिन देखि हाम्रा छोरी चेली माथि भएका यस्ता घटना उत्कर्षमा पुगेको समाचारले हामीलाई वर्तमान समाजमा नैतिकतामा आएको गिरावट प्रति सोच्न बाध्य बनाइदिएको छ | र यसमा समस्याको सुक्ष्म अध्ययन गरि समाधानको लेखाजोखा गर्न अपरिहार्य भएको सुझाएको छ ताकी भोलि हाम्रा दिदीबहिनी, छोरी-चेली माथि यस्तो घटना नघटोस् |
            यस्तो प्रवृत्तिको रोकथामको निम्ति पहिलो कदम भनेको कडा कानुनको ब्यबस्था नै हो | फितलो कानुन र धेरैजसो मिलापत्रमा सिमित कारबाहीले यस्तो घटना बेफिक्री घटिरहेको छ | मृत्युदण्ड नभएको हाम्रो देशमा यस्ता घटना घटाउनेलाई नपुंग्सक बनाउने र आजीवन जेल सजाय दिई जटिल काममा श्रमदान गर्न लगाइनु प्रभावकारी कानुनी उपाए हुन सक्छ | साथै यस्तो संबेदनशील घटनामा पीडितको गोपनियता नराखिनुले उनीहरुलाई समाजमा थप पीडा भैरहेको छ जसको ताजा उदाहरण एसिड प्रकरणका किशोरी हुन् जसमाथि प्रेम प्रसंगको सन्दर्भ जोडियो | यस्तो स्थितिले गर्दा घटना बाहिर नल्याएर पीडित झन यातना सहन बाध्य हुनेगर्छन | यस्तो अवस्था नै आउन नदिन प्रहरी अनुसन्धानका क्रममा सतर्क हुन आवश्यक छ |
             घटनानै घट्न नदिनका निम्ति महिलाका निम्ति शारीरिक तालिम बढी उपयोगी हुनसक्छ जसले गर्दा निर्बल र कमजोर ठानेर हुने घटनाबाट उनीहरु बच्न सकुन | भारतमा त सेल्फ-डिफेन्सका निम्ति छुट्टै रेभोल्भर गनको समेत ब्यवस्था गरीएको छ | यसको पनि दुरुपयोग भएकाले बरु बेऔजार सरल शारिरीक सिल्पको तालिम बढी प्रभावकारी हुनसक्छ | त्यसैले कराते जस्ता केहि शारीरिक अभ्यासका तालिमहरु बिद्यालय स्तरमै अनिवार्य गरिनु आवश्यक छ |
            केहि घटनाका दोषीबाट आएका कुराहरुबाट यस्तो स्थितिको सिर्जना हुनुमा अहिलेको बढ्दो संचारमाध्यमको दुरुपयोग मुख्य कारण मान्न सकिन्छ | पश्चिमी देशहरुको खुलेको संस्कृतिको असाधारण अभ्यास र अश्लिल समाग्रिप्रतिको सरल पहुँचले गर्दा नैतिकता, चेतना, अनुशासन र मर्यादा शून्य भएको छ र भोको ब्वासो सरि नारी शरीरमाथि क्रुर आक्रमण बढेको छ | त्यसैले बढ्दो संचारमाध्यमको दुरुपयोग र अश्लिल समाग्रिप्रतिको बन्देजका निम्ति कडा कानुन आवश्यक भएको छ |
                    जिम्मेवारी अब हाम्रो काधमा पनि छ | विभिन्न सन्देशमुलक नाटक प्रदर्शन तथा संदेशमुललक सृजनशील कार्याक्रमबाट चेतना अभिवृद्धिमा केहि सहयोग पुग्न सक्छ | भारतको दिल्ली-प्रकरण पश्चात त्यहाँ भएको बिशाल प्रदर्शनले कानुनी प्रावधानमै परिवर्तन ल्याएको थियो | केहि साता अगाडि पूजा शाह़ाको प्रकरणले जन्माएको “बेटी बचाउ आन्दोलन” ले कारबाहीको प्रकृति परिवर्तनमा दबाब सिर्जना गर्दा कारावास अबधि लम्बिएको थियो | त्यसैले समयमै यस्ता अप्रीय घटनाको न्यूनीकरणका निम्ति घटना घट्नु अगाबै कडा नीति नियम निर्माण तथा कार्यान्वयन गराउन हाम्रो दबाबमूलक भूमिका अनिवार्य छ | समाज केहि नैतिकताहीन चेतsना शून्य व्यक्तिको कारणले असुरक्षित बनिरहेको स्थितिमा हामी सबैको रचनात्मक भूमिका बाट नै सभ्य समाजको निर्माण तथा सुरक्षित वातावरणको सिर्जना सम्भव हुनेछ  |

Popular posts from this blog

A thought before the budget day!