Posts

Showing posts from 2015

नारी हिँसाको उत्कर्सः

Image
नारी हिँसाको उत्कर्सः अमित न्यौपाने बर्तमान घटना परिस्थितिलाई हेर्दा नारी प्रतिको पुरुष नजर यति दयनीय रहेको पाएको छौ जहाँ छोरीको अस्मिता लुटेर आफ्नै बुवा आफ्नो पुरुषार्थको प्रहसन गर्छ | नारीलाई देवी-देवता सरि पुजा गरिने यहाँ धेरै पूजाहरु बलात्कृत हुन्छन् | नाबालिका देखि बृद्ध हजुरआमाहरु आफ्नैबाट असुरक्षित भएका छन् | किन हाम्रो समाजमा यस्तो प्रबृत्ति हाबी भैरहेको छ? निरन्तर केहि दिन देखि हाम्रा छोरी चेली माथि भएका यस्ता घटना उत्कर्षमा पुगेको समाचारले हामीलाई वर्तमान समाजमा नैतिकतामा आएको गिरावट प्रति सोच्न बाध्य बनाइदिएको छ | र यसमा समस्याको सुक्ष्म अध्ययन गरि समाधानको लेखाजोखा गर्न अपरिहार्य भएको सुझाएको छ ताकी भोलि हाम्रा दिदीबहिनी, छोरी-चेली माथि यस्तो घटना नघटोस् |             यस्तो प्रवृत्तिको रोकथामको निम्ति पहिलो कदम भनेको कडा कानुनको ब्यबस्था नै हो | फितलो कानुन र धेरैजसो मिलापत्रमा सिमित कारबाहीले यस्तो घटना बेफिक्री घटिरहेको छ | मृत्युदण्ड नभएको हाम्रो देशमा यस्ता घटना घटाउनेलाई नपुंग्सक बनाउने र आजीवन जेल...